राजेन्द्र र प्रतिमाको नयाँ गीत ‘रिबन केसैमा’

हिमाल प्रेस २० जेठ २०८० १३:२२
232
SHARES
राजेन्द्र र प्रतिमाको नयाँ गीत ‘रिबन केसैमा’

काठमाडौँ– लोकदोहोरी गायक राजेन्द्र भण्डारी र गायिका प्रतिमा अर्यालको स्वरमा ‘रिबन केसैमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।गीत शुक्रबार मेनुका डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक भण्डारीकै शब्द र संगीत रहेको प्रेम कथामा आधारित गीतमा नारायण दंगलको संगीत संयोजन छ। मुटु ग्रुपको निर्देशनमा बनेको गीतको भिडियोमा मुटु ग्रुपकै कलाकारहरुले अभिनय गरेका छन्। साथै सुरेन्द्र प्रसाद लामिछाने(झुत्रे) र श्री कृष्ण दंगल(चतुरे)को पनि अभिनय छ।

मुटु ग्रुपमा कलाकार राजेन्द्र भण्डारी, प्रतिमा अर्याल, राजाराम कोइराला, बालचन्द्र घोरासैनी र मिना रायमाझी छन्। सुरेश श्रेष्ठको छायांकन रहेको गीत प्रकाश धमलाले सम्पादन गरेका छन्।

प्रकाशित: २० जेठ २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =