लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

हिमाल प्रेस ११ वैशाख २०८० १३:०९
6
SHARES
लुम्बिनीका मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आजको सदनबाट विश्वासको मत गुमाएका छन्। आज सदनमा विश्वासको मत लिँदा उनले विश्वासको मत गुमाएका छन्।

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै समर्थन गरेका छन्। विपक्षमा ५३ मत पर्‍यो। यससँगै मुख्यमन्त्री गिरी पदमुक्त भएका छन्।

गिरीले एमालेका ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरेका थिए भने माओवादी, कांग्रेसलगायतले विपक्षमा मतदान गरेको थियो।

बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए। माओवादीसहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

कसरी बन्छ सरकार?

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गर्नेछन्।   नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका ८ दल र १ जना स्वतन्त्र सांसद गरी ५३ सांसदले विपक्षमा मतदान गरेका हुन्। प्रदेश सभामुख तुलबहादुर घर्तीले मतपरिणाम सुनाएसँगै बैठक सकिएको छ।

विपक्षमा मतदान गरेका ५३ जनाले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन्।

माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पहिलो अधिवेशनको नवौं प्रदेशसभा बैठकमा विश्वासको मत लिएका थिए। गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासका मत लिन ४४ सांसद आवश्यक पर्छन्।

प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) का ३/३, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका १/१ र स्वतन्त्र १ जना सांसद छन्।

प्रकाशित: ११ वैशाख २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =