दरबारमार्गमा एनसेलको ‘पर्पल स्याटर्डे’

हिमाल प्रेस ३ वैशाख २०८० १२:०१
14
SHARES
दरबारमार्गमा एनसेलको ‘पर्पल स्याटर्डे’

काठमाडौँ- नयाँ वर्ष २०८० को अवसरमा शनिबार दरबारमार्गमा ‘एनसेल प्रिजेन्टस् १६औँ दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ सम्पन्न भएको छ। ‘नेपाली उत्पादन हाम्रो सान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँगको सहकार्यमा महोत्सव आयोजना गरिएको हो।

काठमाडौँ उपत्यकाको संस्कृति झल्कने प्रस्तुतिका साथ बिहान ११ बजे सुरु भएको महोत्सव बेलुका ९ बजेसम्म चलेको थियो। महोत्सवमा करिब १ लाख ५० हजार मानिस सहभागी भएको बताइएको छ।

महोत्सवमा कुटुम्ब ब्यान्ड, दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टसलगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

यसका साथै महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु पनि राखिएको थियो।

प्रकाशित: ३ वैशाख २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =