अर्थमन्त्रीले नै भने : राजस्व संकलन लक्ष्यअनुसार नहुने भयो

हिमाल प्रेस २४ चैत २०७९ १८:३५
24
SHARES
अर्थमन्त्रीले नै भने : राजस्व संकलन लक्ष्यअनुसार नहुने भयो डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले लक्ष्यअनुसार राजस्व संकलन नहुने देखिएको बताएका छन्। आज शुक्रबार आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले राजस्व संकलन लक्ष्यअनुसार हुन नसक्ने देखिएको बताएका हुन्।

महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उनले बताए। मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा नेपाल राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको महतको भनाइ छ।

अर्थमन्त्री डा. महतले सरकारले साधारण खर्चमा अत्याधिक मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने पक्षमा रहेको बताए। उनले सरकारले साधरण खर्च घटाउने सम्भावना कम भए पनि सरकार खर्च नगरे पनि हुने खालका खर्चलाई कटौती गर्ने बताए।

उनले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरूको माग आएपनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए।

प्रकाशित: २४ चैत २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =