नामले अशान्त कोशी : वडा कार्यालय र प्रहरीको गाडी तोडफोड

हिमाल प्रेस १७ चैत २०७९ १३:२३
8
SHARES
नामले अशान्त कोशी : वडा कार्यालय र प्रहरीको गाडी तोडफोड

इटहरी- कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड गरेका छन्। शुक्रबार (आज) बिहान इटहरीको २० नम्बर वडा कार्यालयमा तोडफोड गरिएको हो।

कार्यवाहक वडाध्यक्ष तनुज गुरुङले तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालयमा तोडफोड गरिएको बताए। ठूलो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयको सिसासँगै डिजिटल बोर्डसमेत तोडफोड गरेका छन्।

‘बन्द गर्ने सन्दर्भमा हामीले छलफल गरिरहेका थियौँ, बन्द गर्नका लागि सभ्य हिसाबमा छलफल भइरहेको थियो, अचानक ढुंगामुढा भयो,’ उनले भने, ‘बन्द गर्नु ठिक छ, तर क्षति हुने किसिमले वडा कार्यालयमा प्रहार गर्नु त ठिक भएन।’

इटहरी-२० मा तोडफोड गरेपछि आन्दोलनकारीहरू इटहरी-१९ को वडा कार्यालयतर्फ गएका छन्। यस्तै तरहरा प्रहरी चौकीको गाडीमा समेत क्षति पुगेको छ। ना १ झ ६२० नम्बरको प्रहरीको गाडी तोडफोड गरिएको हो।

वडा कार्यालयमा पुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गर्न थालेका हुन्। ढुंगामुढा प्रहार हुँदा केही प्रहरीसमेत घाइते भएका छन्।

पछिल्लो समय प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचान पक्षधरहरूले आन्दोलनका गतिविधिमा सक्रिय भएका छन्।

प्रकाशित: १७ चैत २०७९ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =