कोशीमा एमालेका ३९ सांसदले फिर्ता लिए सरकारलाई दिएको समर्थन

हिमाल प्रेस २६ चैत २०८० १८:४४
34
SHARES
कोशीमा एमालेका ३९ सांसदले फिर्ता लिए सरकारलाई दिएको समर्थन कोशी प्रदेशसभा भवन।

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएका एमालेका ३९ सांसदले समर्थन फिर्ता लिएका छन्। संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसदका रूपमा समर्थन गरेका एमालेका सांसदहरूले समर्थन फिर्ता लिएका हुन्।

सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारलाई समर्थन फिर्ता लिएको लिखित जानकारी गराएका हुन्। एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेश प्रमुख र सभामुखलाई भेटेर समर्थन फिर्ता लिने जानकारी गरएको बताए। उनका अनुसार कोशीमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्तापछि माओबादी–एमालेबाट हिम्मत कार्कीलाई मुख्यमन्त्रीको वैकल्पिक दाबी पेस गरेका छन्।

गत असोज २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत गरी ४७ जना सदस्यको समर्थनमा केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले सोमबार समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अल्पमतमा परेको एमालेको दाबी छ।

प्रकाशित: २६ चैत २०८० १८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =