कोशी प्रदेश : जेठ ११ गतेका लागि संसद् बैठक बोलाउन मुख्यन्त्री कार्कीको सिफारिस

हिमाल प्रेस २६ चैत २०८० १८:२०
22
SHARES
कोशी प्रदेश : जेठ ११ गतेका लागि संसद् बैठक बोलाउन मुख्यन्त्री कार्कीको सिफारिस मुख्यमन्त्री केदार कार्की

काठमाडौँ- कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका छन्। कार्कीले आगामी जेठ ११ गते बस्ने गरी प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रले विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुखसमक्ष समावेदन पत्र दर्ता गराएलगत्तै कार्कीले डेढ महिनापछि बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस गरेका हुन्।

मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखलाई लेखिएको सिफारिस पत्रमा गत चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको जनाइएको छ। सोमबार नै एमाले र माओवादीका ५२ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित खापुङसमक्ष विशेष अधिवेशन माग गरेका थिए। उनीहरूले एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्रीको रुपमा पनि दाबी गरेका छन्।

प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोसी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम उनीहरूले अधिवेशन माग गरेका थिए।

प्रकाशित: २६ चैत २०८० १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =