कोशीका मुख्यमन्त्री संकटमा, माओवादीका तीन मन्त्रीले बुझाए राजीनामा

हिमाल प्रेस २६ चैत २०८० १६:०२
34
SHARES
कोशीका मुख्यमन्त्री संकटमा, माओवादीका तीन मन्त्रीले बुझाए राजीनामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की।

इटहरी– कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरूले राजीनामा बुझाएका छन्। आज (सोमबार) दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले राजीनामा बुझाएका हुन्। उनीहरूमध्ये उप्रेती पर्यटन तथा वनमन्त्री, कार्की सामाजिक विकासमन्त्री र बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री रहेका थिए। यससँगै संविधानको १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार संकटमा परेको छ।

प्रकाशित: २६ चैत २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =