राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन : मतदाता नामावली सार्वजनिक

हिमाल प्रेस १० फागुन २०७९ १७:३४
8
SHARES
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन : मतदाता नामावली सार्वजनिक निर्वाचन आयोग

काठमाडौँ- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार बिहान १० बजेर १० मिनेटमा सो मतदाता नामावली सार्वजनिक गरेको हो।

कानुनी व्यवस्था अनुसार संघीय संसदतर्फ ३३१ जना र प्रदेशसभातर्फको ५५० जना गरी सो निर्वाचन प्रयोजनका लागि ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। उनले अन्तिम नामावली भने फागुन फागुन १२ गते अपरान्ह ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको बताए।

आज बिहान ११ बजेबाट फागुन ११ गते (भोलि) १२ बजेसम्म भने सो मतदाता नामावलीमाथि दाबी विरोध वा नाम छुट भएमा वा कुनै विवरण सच्याउनका लागि उजुरी आह्वान गरिएको छ। फागुन ११ गते १२ बजेपछि सो उजुरीमाथि जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन अधिकृत पौडेलले बताए।

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने कानुनी व्यवस्था छ। त्यो कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले मतदाता नामावली तयार गरेको थियो। र, तयार भएको त्यो नामावली हामीलाई प्राप्त भएको थियो,’ उनले भने, ‘आज मिति २०७९ फागुन १० गते १० बजे निर्वाचनको जुन कार्यक्रम छ। त्यो समयमा नै मतदाता नामावली प्रकाशन भएको छ। त्यो प्रकाशित मतदाता नामावलीअनुसार संघीय संसद्‌‌तर्फ ३३४ मध्ये ३३१ जना र प्रदेशसभा सदस्यतर्फ ५५० मा ५५० जनानै मतदाता नामावलीमा समावेश हुनुहुन्छ। आजैबाट दाबी विरोध वा नाम छुट भएको वा कुनै विवरण सच्याउनुपर्ने भए त्यसका लागि आजै ११ बजेदेखि भोलि ११ गते १२ बजेसम्म निवेदन दिन सकिन्छ। भोलि १२ बजेपछि हामी जाँचबुझको प्रक्रिया सुरु गर्छौं। अन्तिम मतदाता नामावली पर्सी १२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म हामी सार्वजनिक गर्छौं।’

राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेका लागि तोकिएको छ। सो निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दिइनेछ। यता, उपराष्ट्रपतिको निर्वाचन भने चैत्र ३ गते हुनेछ।

प्रकाशित: १० फागुन २०७९ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =