सही नीति कायम राखिए सत्ता गठबन्धन फेरिए पनि फरक पर्दैन : ओली

हिमाल प्रेस २४ वैशाख २०८१ २०:०५
84
SHARES
सही नीति कायम राखिए सत्ता गठबन्धन फेरिए पनि फरक पर्दैन : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रका लागि सही नीति कायम राखिएमा सत्ता गठबन्धन फेरिए पनि फरक नपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई सकारात्मक दिशामा लान खोजेकाले साथ दिनुपर्नेमा जोड दिए। उनले अब संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध नगर्ने अपेक्षा गरेको बताए।

उनले प्राकृतिक स्रोत, पुँजी र प्रविधिका आधारमा आत्मनिर्भरता वृद्धि गरी समृद्धि हासिल गर्न आत्मविश्वासका साथ सरकारले काम गर्नुपर्ने बताए।

प्रकाशित: २४ वैशाख २०८१ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 10 =