देउवा-नेम्वाङबीच भेटवार्ता : राष्ट्रपति निर्वाचनबारे छलफल

हिमाल प्रेस २२ फागुन २०७९ १९:३६
18
SHARES
देउवा-नेम्वाङबीच भेटवार्ता : राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

देउवा निवास धुम्बाराहीनजिक एक होटलमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ।

कांग्रेससहित नौ दलका तर्फबाट राष्ट्रपति पदमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन्। यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछिको सहकार्यको विषयमा पनि देउवा-नेम्वाङबीच छलफल भएको बताइएको छ।

हाल सत्तागठबन्धनमा रहेका नौ दलको विपक्षमा एमालेले नेम्वाङलाई राष्ट्रपति पदमा उठाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

राष्ट्रपति निर्वाचनपछि विस्तार हुने मन्त्रिपरिषद्‍मा एमालेले पनि सहकार्य गर्न सक्नेबारे भेटमा छलफल भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =