राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार मात्रै निर्णय लिने

हिमाल प्रेस २४ फागुन २०७९ १२:१३
6
SHARES
राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार मात्रै निर्णय लिने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे भोलि (बिहीबार) मात्रै निर्णय लिने भएको छ।

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपति निर्वाचनको मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =