अदालतभित्रै पतिले पत्नीलाई कुटेपछि…

हिमाल प्रेस २४ वैशाख २०८१ २१:०६
36
SHARES
अदालतभित्रै पतिले पत्नीलाई कुटेपछि…

तम्घास-  गुल्मी जिल्ला अदालतको भवनभित्र पतिलाई पत्नीमाथि कुटपिट गरेका छन्। आज (सोमबार)  गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।

उनीहरू सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका थिए। न्यायाधीशले सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका थियो। तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ। दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए। हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेँसीकी मनसुवाबीच ६ वर्ष पहिले विवाह भएको थियो।

श्रीमान्-श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। उनीहरूको २०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो।

प्रकाशित: २४ वैशाख २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =