आठ दलीय गठबन्धनको बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

हिमाल प्रेस २१ फागुन २०७९ ९:२९
8
SHARES
आठ दलीय गठबन्धनको बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने फाइल तस्बिर।

काठमाडाैँ- राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज (आइतबार) ८ दलीय गठबन्धनको बैठक बस्दैछ। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे बालुवाटारमा बैठक बस्ने भएको हो।

बैठकमा गठबन्धनमा रहेका अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ। फागुन २५ मा राष्ट्रपतिको र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाइएको छ। एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन्।

नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =