राष्ट्रपति निर्वाचन : यसरी हुँदैछ मतगणना [फोटो फिचर]

दिपेश श्रेष्ठ २५ फागुन २०७९ १६:१४
106
SHARES
राष्ट्रपति निर्वाचन : यसरी हुँदैछ मतगणना [फोटो फिचर]

काठमाडौँ- राष्ट्रपति निर्वाचनअन्तर्गत बिहीबार भएको मतदानको गणना सुरु भएको छ। नयाँ बानेश्वसस्थित संघीय संसद्‌‌को ल्होत्से हलमा भएको मतदान सकिएपछि अन्तपूर्ण हलमा मतगणना सुरु भएको हो। प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फको मतगणना छुट्टाछुट्टै स्थानमा भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयले आजै नतिजा सार्वजनिक हुने जनाएको छ। निर्वाचित उम्मेदवारले आजै प्रमाणपत्र पाउनेछन्।

बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित: २५ फागुन २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =