केन्द्रीय समितिपछि कांग्रेसले गर्‍यो संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित

हिमाल प्रेस २५ माघ २०७९ १७:२२
4
SHARES
केन्द्रीय समितिपछि कांग्रेसले गर्‍यो संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरेको छ। भोलि बिहीबारका लागि तय भएको संसदीय दलको बैठक बोलाइएको थियो। माघ २२ गते सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको बैठकले बिहीबार बस्ने गरी बैठक बोलाएको थियो।

यसअघि माघ १५ गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ। राष्ट्रपति निर्वाचनलगायतका विषयमा अन्य दलसँग छलफल गर्न भन्दै कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको जनाएको थियो।

प्रकाशित: २५ माघ २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =