क्यान बोर्ड बैठक : कार्यवाहक सचिव मल्लको राजीनामा, त्रिदेशीय शृंखलालाई औपचारिकता

हिमाल प्रेस १८ माघ २०७९ ९:५१
8
SHARES
क्यान बोर्ड बैठक : कार्यवाहक सचिव मल्लको राजीनामा, त्रिदेशीय शृंखलालाई औपचारिकता

काठमाडौँ-  नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्। पोखरामा जारी क्यानको बोर्ड बैठकमा मल्लले राजीनामा दिएका हुन्। यद्यपि उनको राजीनामा स्वीकृत हुन बाँकी छ।

गत वर्ष अशोकनाथ प्याकुर्‍यालले राजीनामा दिएपछि कार्यवाहक सचिवको जिम्मेवारी पाएका मल्ल नेपाल टि२० लिग गभर्निङ काउन्सिलका अध्यक्ष थिए। लिग आयोजना विवादमा परेपछि उनको राजीनाको माग भइरहेको छ।

यसैबीच क्यान बैठकले आउँदो फेब्रुअरीमा अन्तर्राष्ट्रिय शृंखला आयोजना गर्ने र यसका लागि राष्ट्रिय टिमको जिम्मेवारी भारतीय प्रशिक्षक मोन्टी देशाईलाई दिने निर्णय गरेको छ।

पहिलो दिन (मंगलबार) को क्यानको बोर्ड बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियाको सामना गर्नेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको यो शृंखला फेब्रुअरी १४ बाट २१ सम्म हुनेछ। त्यसलगत्तै नेपाल अर्को त्रिदेशीय शृंखला खेल्न संयुक्त अरब इमिरेट्स यूएई जानेछ। फेब्रुअरी २७ देखि मार्च ६ सम्म हुने यो शृंखलामा नेपालको भेट यूएईका अलाबा पपुवा न्युगिनीसँग हुनेछ।

पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको क्यान बैठकले पुरुष तथा महिला राष्ट्रिय टिमका खेलाडीको केन्द्रीय करार सम्झौताका लागि तीन सदस्यीय समिति गठनको सिफारिस गरेको छ।

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकको नेतृत्वमा रहने समितिमा दीपेन्द्र चौधरी र विनोद दास सदस्य रहनेछन्। जनवरीदेखि जुनसम्मका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई अनुबन्ध गर्ने क्यानले जनाएको छ।

क्यानले गण्डकी प्रदेशका दुई जिल्ला संघलाई मान्यता दिने निर्णय गरेको छ। थपिएका जिल्ला संघ पर्वत र बागलुङ हुन्। यो प्रदेशका तनहुँ, कास्की, स्याङ्जा र नवलपुर सदस्य रहँदै आएका थिए।

क्यान बैठकले नेपालको यू-१९ टोलीको कप्तान र उपकप्तान पनि चुनेको छ। टिमको कप्तानी गुल्सन झाले गर्नेछन्ब भने दिपेश कडेललाई बनाइएको छ।

प्रकाशित: १८ माघ २०७९ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =