वर्षाका कारण रद्द भयो नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल

हिमाल प्रेस १५ चैत २०८० १२:३२
10
SHARES
वर्षाका कारण रद्द भयो नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल

काठमाडौँ- लगातार वर्षा भएर पिच नसुकेपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो टी-२० खेल रद्द भएको छ।

आजको खेल सुरु नभई नेपाल क्रिकेट काउन्सिल (क्यान)ले रद्द गरेको हो।

क्यानले पुन: तालिका सार्ने जनाएको छ। अहिले १ बजेदेखि कीर्तिपुरस्थित टीयू ग्राउन्डमा खेल हुने थियो।

स्थगित खेल कहिले गर्ने भन्ने खुलाइएको छैन।

प्रकाशित: १५ चैत २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =