आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीयमा भिड्दै नेपाल

हिमाल प्रेस २५ चैत २०८० ७:१७
2
SHARE
आयरल्यान्डविरुद्ध अन्तिम एकदिवसीयमा भिड्दै नेपाल तस्बिर : क्यान

काठमाडौं- नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ विरुद्ध अन्तिम एकदिवसीय खेल भिड्दैछ।

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए २१ रनले र दोस्रो खेलमा ११४ पराजित भएको थियो। यसैकारण नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको टी-२० शृंखला आयरल्यान्ड ‘एले २-१ ले जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ। वुल्भ्स नेपाल ‘ए’ को दोस्रो प्रतिद्वन्दी हो। वुल्भ्सअघि नेपाल ‘ए’ ले क्यानडा-११ सँग पहिलो पटक क्रिकेट शृंखला खेलेको थियो।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई टी-२० क्रिकेट खेलेको थियो। जहाँ आयरल्यान्ड ‘ए’ दुवै खेलमा पराजित भएको थियो ।

 

प्रकाशित: २५ चैत २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =