‘क्लीनसीप’बाट बच्न जित्नैपर्ने दबाबमा नेपाल ‘ए’

हिमाल प्रेस १९ चैत २०८० ६:५६
2
SHARE
‘क्लीनसीप’बाट बच्न जित्नैपर्ने दबाबमा नेपाल ‘ए’

काठमाडौँ- नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तेस्रो तथा अन्तिम टी-२० खेल आज हुँदैछ।

एक खेलअगावै शृंखला गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे सुरु हुनेछ।

तेस्रो खेलका लागि मैदान उत्रँदा नेपालले मध्य र तल्लो क्रमका सुधारिएको ब्याटिङ प्रदर्शन, उत्कृष्ट फिनिसिङ र डेथ ओभर बलिङमा सुधार गर्नुपर्नेछ।

निकै नाटकीय बनेका नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचका दुवै खेलमा नेपालले अप्रत्यासित हार बेहोर्यो। मध्य र तल्लो क्रममा ब्याटरहरु फिनिसिङमा चुक्दा र खराब डेथ बलिङका कारण नेपालले खेल गुमायो।

खेलमा केही युवा खेलाडीले यस दौरान प्रभावशाली प्रदर्शन गरे। तर दबाबमा टिम पफर्मेन्स राम्रो नहुँदा र प्राप्त अवसरलाई उपयोग गर्न नसक्दा नेपाल नतिजा सुम्पन पुग्यो। दुवै खेलमा नेपालले लामो समय खेललाई आफ्नो पक्षमा पारेको थियो।

अब नेपाल आज शृंखला क्लिनस्विप हुन नदिने लक्ष्यसहित मैदान उत्रनेछ। टी-२० शृंखलापछि दुवै टोलीले एकदिवसीय शृंखला खेल्नेछन्।

प्रकाशित: १९ चैत २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =