नेपाल ‘ए’ले आयरल्यान्डसँग पहिलो एकदिवसीय खेल खेल्दै

हिमाल प्रेस २१ चैत २०८० ६:४५
2
SHARE
नेपाल ‘ए’ले आयरल्यान्डसँग पहिलो एकदिवसीय खेल खेल्दै

काठमाडौँ- नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग आज एकदिवसीय शृंखलाको पहिलो खेल खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ। विनोद भण्डारी नेतृत्वको टोली आयरल्यान्डविरुद्ध मैदान उत्रिनेछ।

यसअघि भण्डारी नेतृत्वकै टोलीले नेदरल्यान्ड ‘ए’सग टी-२० शृंखला खेलेको थियो। नेदरल्यान्डले टी-२० शृंखला २-१ ले जित हात पार्‍यो।

आजको खेलपछि शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

 

प्रकाशित: २१ चैत २०८० ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =