नेपालले टस हारेर सुरुवाती बलिङ गर्ने, आरिफ र कमल बेन्चमा

हिमाल प्रेस २५ चैत २०८० ९:२३
6
SHARES
नेपालले टस हारेर सुरुवाती बलिङ गर्ने, आरिफ र कमल बेन्चमा

काठमाडौँ- नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ।

वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेका हुन्। नेपालले पहिलो फिल्ड गर्दैछ। नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ। आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन्। वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ।

नेपालले शृंखलाको सुरुवाती दुवै खेल हारिसकेको छ। टि-२० शृंखलामा २-१ को नतिजा निकालेको नेपाल ए एकदिवसीयमा पनि सोही नतिजा दोहोर्‍याउने सुरमा हुनेछ।

नेपालको टोली : विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री

आयरल्यान्ड वल्भ्स : निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट

प्रकाशित: २५ चैत २०८० ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =