संसद् अधिवेशन नबोलाइ अध्यादेश ल्याउनु संविधानको अपव्याख्या : कांग्रेस

हिमाल प्रेस १५ वैशाख २०८१ १३:५१
संसद् अधिवेशन नबोलाइ अध्यादेश ल्याउनु संविधानको अपव्याख्या : कांग्रेस कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- सरकारले ल्याउन लागेको अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

आइतबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी संसद्को गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ ।

संघीय संसदको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संघीय संसदको गत अधिवेशन भन्दा पनि महिनौं अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

सरकारको यो काम संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत रहेको कांग्रेसको ठहर छ ।

 

प्रकाशित: १५ वैशाख २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =