कांग्रेस महामन्त्री शर्मा भन्छन्, राष्ट्रपति कांग्रेसबाटै हुनेछ

हिमाल प्रेस ४ माघ २०७९ १६:३३
218
SHARES
कांग्रेस महामन्त्री शर्मा भन्छन्, राष्ट्रपति कांग्रेसबाटै हुनेछ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा नेपाली कांग्रेसबाट हुने बताएका छन्।

सभामुखमा कांग्रेस नेत्री ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘शीतल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिका रूपमा तपाईंहरूले देख्नुहुनेछ।’

शर्मा नेपाली कांग्रेसबाट सभामुख पदको उम्मेदवार बनेकी ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको दाबी गरे। उनले नेपाली कांग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि
सभामुखका लागि मतदान गरेको स्मरण गर्दै यसपटक कांग्रेसकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा जिताउनुपर्ने बताए। ।

उनले कांग्रेस उम्मेदवारका पक्षमा मत दिनका लागि पनि मार्गप्रशस्त गर्न उम्मेदवारी दिइएको बताए। महामन्त्री शर्माले भने, ‘हामी प्रमुख प्रतिपक्षी दल हौँ। प्रमुख प्रतिपक्षी दल भएको नाताले सरकारसँग सम्बन्ध गुण र दोषको आधारमा हुन्छ। तर संसदलाई हामी सरकार सत्तारुढ पक्षको र संसद् प्रतिपक्षको भन्ने मान्यता साबित छ। कांग्रेसका तर्फबाट मात्रै नभएर सरकारबाहिर रहेका दलहरुको तर्फबाट उम्मेदवारको रूपमा ईश्वरी
न्यौपाने प्रस्तुत हुनुहुन्छ। उहाँको सालिनता र सक्षमता त्यो दुई कुराले सभामुखको रुपमा ईश्वरी न्यौपाने योग्य व्यक्ति हो। सांसदहरुले विवेकपूर्ण रुपमा मतदान गर्दै गर्दा नेपालको संसदले पुनः महिला सभामुख पाउनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =