लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा

हिमाल प्रेस २९ पुष २०७९ ७:४७
2
SHARE
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा

काठमाडौँ- लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ।

माघ ३ गते दिउँसो एक बजे प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुख निर्वाचन हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

जसका लागि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने र माघ ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन हुने सूचनामा उल्लेख छ।

प्रकाशित: २९ पुष २०७९ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =