ढुवानी व्यवसायीहरूको हित प्रवर्द्धन गर्ने कानुन निर्माणमा भूमिका खेल्छु : अध्यक्ष तिमिल्सिना

हिमाल प्रेस २३ पुष २०७९ १८:१४
28
SHARES
ढुवानी व्यवसायीहरूको हित प्रवर्द्धन गर्ने कानुन निर्माणमा भूमिका खेल्छु : अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्। ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

नयाँ मन्त्रीहरूले बोलेका कुरा पूरा गर्न सके मुलुकको धेरै समस्या हल भएर जानेसमेत उनको भनाइ छ। सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने उनले स्पष्ट पारे। गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताउँदै चुनावमा जनतामाझ गरिएका प्रतिवद्धताअनुसार काम गर्न पनि मन्त्रीहरू लाग्नुपर्ने उनको भनाइ छ।

‘सुशासन र सुव्यवस्था हरेक क्षेत्रमा चाहिन्छ। सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला छन् यट्ठ सबै काममा मन्त्रीहरूले बोल्नु भएको कुरा पूरा भएमात्र पनि धेरै प्रगति देखिनेछ,’ उनले भने। अध्यक्ष तिमिल्सिनाले ढुवानी व्यवसायीहरूको हित प्रवर्द्धनका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =