संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउन सरकारलाई निर्देशन

हिमाल प्रेस १६ चैत २०८० २१:१३
12
SHARES
संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउन सरकारलाई निर्देशन

काठमाडौँ- राष्ट्रियसभाको आज (शुक्रबार) को बैठकले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउने गरी आवश्यक कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको संघीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जबाफपछि अध्यक्ष नारायणप्रसाद दाहालले सो निर्देशन दिएका हुन्।

बैठकमा प्रधानमन्त्री दाहालले ती कानुन ल्याउन सरकार सजग रहेको र विभिन्न २१ कानुन संसद्मा पेस हुने तयारीमा रहेको जानकारी दिएका थिए।

सो प्रतिवेदनमा तीन तहको अधिकार क्षेत्रसँग सम्बन्धित आवश्यक कानुनहरू प्रहरी समायोजन, संघीय निजामती सेवासम्बन्धी कानुन, प्राकृतिक स्रोत साधनको उपयोग र प्रयोगमा तीन तहको अधिकार क्षेत्र स्पष्ट हुनुपर्नेलगायतका विषयमा सुझाव दिइएको छ।

प्रकाशित: १६ चैत २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =