राष्ट्रियसभा : शोक प्रस्ताव पारित गरेर सकियो बैठक

हिमाल प्रेस ५ चैत २०८० १३:३८
8
SHARES
राष्ट्रियसभा : शोक प्रस्ताव पारित गरेर सकियो बैठक फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे।

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरूपमा पारित गरेको थियो। बैठकमा दिवंगत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन्। उनको उपचारका क्रममा आइतबार निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

प्रकाशित: ५ चैत २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =