आफ्नै घरमा आगो लगाएपछि…

हिमाल प्रेस ५ पुष २०७९ ११:१४
4
SHARES
आफ्नै घरमा आगो लगाएपछि… प्रतिनिधिमूलक तस्बिर।

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिकामा एक युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ।

हरिपुर–२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपकले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए।

इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए।

आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए। आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए। उनले दीपकमा मानसिक समस्या रहेको हुन सक्ने बताए।

आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।

प्रकाशित: ५ पुष २०७९ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =