जसपाबाट मन्त्री बनाउने जिम्मा राजनीतिक समितिलाई

हिमाल प्रेस १६ पुष २०७९ १८:३८
6
SHARES
जसपाबाट मन्त्री बनाउने जिम्मा राजनीतिक समितिलाई

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्री चयन गर्न ३ सदस्यीय राजनीतिक समिति बनाएको छ। शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त समित बनाउने निर्णय गरेको हो।

सोमबार र मंगलबार बस्ने उक्त समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू तय गर्ने पार्टी प्रवक्ता मनिष सुमनले बताए।

निर्वाचन समीक्षा बैठकका लागि समिति

१ महिनाअघि सम्पन्न निर्वाचनको समीक्षाका लागि पनि जसपाले समिति बनाएको छ। त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने प्रवक्ता सुमनले बताए।

‘सातदलीय संयन्त्रमा हामी सहभागी छौं। हाम्रै समर्थनले प्रचण्ड प्रधानमन्त्री चयन भइसक्नु भएको छ। यो सरकारलाई हाम्रो समर्थन छ। पर्सीबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यसबारे थप निर्णय हुनेछ,’ उनले भने, ‘निर्वाचन समीक्षा भन्ने हो भने प्रत्येक जिल्लाबाट मागिएको प्रतिवेदन आइसकेको छ। अब त्यो रिर्पोटहरू अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ। शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ।’

बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे र अन्य पार्टीहरूसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेन्ड तय गरिएको पनि जसपाले जनाएको छ।

प्रकाशित: १६ पुष २०७९ १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =