किन बस्दैछ रास्वपाको संसदीय दलको बैठक?

हिमाल प्रेस २५ वैशाख २०८१ ६:४६
4
SHARES
किन बस्दैछ रास्वपाको संसदीय दलको बैठक? रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्।

उनका अनुसार बैठकका लागि चारवटा कार्यसूची तय गरिएको छ।

संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।

आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा छलफल हुने रास्वपा स्रोतले जनाएको छ। त्यस्तै पार्टीको संसदीय कामकारबाहीबारे पनि छलफल हुनेछ।

संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ।
यस्तै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिका सम्बन्धमा पनि छलफल हुनेछ।

यसबाहेक सरकारमा सहभागी मन्त्रीहरूको कामको पनि समीक्षा हुने रास्वपाले बताएको छ।

प्रकाशित: २५ वैशाख २०८१ ६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =