देउवालाई कांग्रेस सांसदको सुझाव : हामीले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्‍ने छैन

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा हुनुपर्ने भन्दै दिए सांसदहरूले प्रधानमन्त्रीलाई दबाब

हिमाल प्रेस ९ पुष २०७९ १४:५१
24
SHARES
देउवालाई कांग्रेस सांसदको सुझाव : हामीले प्रधानमन्त्री राख्दैमा राष्ट्रपति छोड्नुपर्छ भन्‍ने छैन

काठमाडौँ– नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग कुराकानी गरेका कांग्रेस सांसदहरूले निर्वाचनपछि कांग्रेस देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुनुपर्नेमा जोड दिए।

मुलुकको नेतृत्व कांग्रेसले नै गर्छ भनेर जनतासँग मत मागेको भन्दै उक्त वाचा पूरा गर्नका लागि पनि सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सांसदहरूको भनाइ छ। सो छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गरे। उनीहरूले पहिलो प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले राख्न पर्ने पार्टी सभापति देउवालाई सुझाव दिएका छन्।

सांसद रमा पौडेलले अबको सरकार नेपाली कांग्रेसकै बन्नेमा विश्वस्त हुन आग्रह गरिन्। उनले गठबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरूले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नपर्ने बताइन्।

‘अबको गठबन्धन १० वर्षसम्म जान्छ। यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वको लागि हो। हामी महिला सांसदहरूले आज प्रधानमन्त्री एवम् पार्टी सभापतिलाई भेटेर हामीले प्रजातान्त्रिक पार्टीले देशको नेतृत्व गरेर स्थायित्व सुशासन दिन्छ भनेर हामीले मत मागेका थियौँ, सबै गठबन्धनका नेताहरूले त्यसलाई पालना गर्नुहोस् भन्ने आग्रह हो,’ उनले भनिन्, ‘भोलिको भागबण्डाभन्दा पनि तत्कालको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ भनेर सभापतिलाई भनेका छौँ। कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने छैन। मुख्यमन्त्री, सभामुखलगायत पदहरू पनि छन्।’

उपराष्ट्रपति सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरूको पदहरूमा गठबन्धनमा आबद्ध दलहरूसँग भागबण्डा हुने बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीको दाबी गर्दा समस्या आइरहको समयमा देउवाले यो प्रकाकरको अडान लिन पर्नेमा सांसदहरू एक जुट भएका छन्। जनताको मतलाई कदर गर्न पनि दाहाल प्रधानमन्त्री बन्न नहुने भन्दै हैसियत अनुरूपको माग गर्न आवश्यक हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =