गगनलाई बधाई दिँदै एमालेका राजनले भने मतदातालाई धन्यवाद

हिमाल प्रेस ६ मंसिर २०७९ १५:१५
52
SHARES
गगनलाई बधाई दिँदै एमालेका राजनले भने मतदातालाई धन्यवाद

काठमाडौँ- नेकपा एमालेका नेता तथा काठमाडौँ-४ का उम्मेदवार राजन भट्टराईले मतदातालाई धन्यवाद दिएका छन्। भट्टराईले आज सकिएको मतगणनामा आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापा निर्वाचित भएकोमा बधाई पनि दिएका छन्।

‘यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ-४बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा मेरो हार्दिक बधाई’ भट्टराईले विज्ञप्ति जारी गर्दै भनेका छन्।

उनले आफू लामो समयदेखि राजनीतिमा सक्रिय रहेको र आगामी दिनमा पनि यही राजनीतिमा रहने पनि बताएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =