‘सहकारी ठगी गर्ने र गृहमन्त्री बनेको रवि एउटै हो कि होइन भन्ने थाहा पाउन संसदीय छानबिन समिति चाहियो’

हिमाल प्रेस ४ वैशाख २०८१ १६:४०
40
SHARES
‘सहकारी ठगी गर्ने र गृहमन्त्री बनेको रवि एउटै हो कि होइन भन्ने थाहा पाउन संसदीय छानबिन समिति चाहियो’

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति नै चाहिने बताए। संवाद यात्राको क्रममा कन्चनपुर पुगेका थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् खोज्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका हुन्।

‘सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन? त्यो हामीले नखोजे कसले खोज्छ?, ‘ उनले भने ‘यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो। सरकार र प्रतिपक्ष भन्ने कुरा हुन्छ? जनतामा म लोकप्रिय र सरकारमा शक्तिशाली वा पारिवारिक विरासत छ भनेर कोही पनि कानुनभन्दा माथि हुँदैन। कानुनको शासन हुनुपर्‍यो’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि विवादित बन्दै आइरहेका छन्।

प्रकाशित: ४ वैशाख २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =