वर्तामान सरकार लामो समयसम्म टिक्ने आधार छैन : गगन थापा

हिमाल प्रेस २४ फागुन २०८० १८:१६
8
SHARES
वर्तामान सरकार लामो समयसम्म टिक्ने आधार छैन : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय टिक्ने भरोषा कसैसंग पनि नरहेको बताएका छन्। बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गर्न दलहरुलाई पटक पटक धोका दिने गरेको भन्दै सरकार लामो समय टिक्ने भरोषा कसैसंग पनि नरहेको बताएका हुन्।

थापाले संसद्‍मा एमाले अध्यक्ष केपी ओलीको हाउभाउ हेर्दा पनि आफूलाई धोका दिन सक्नेतर्फ सचेत देखिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले अहिले जनमतलाई समेत लत्याएको बताए।

थापाले गठबन्धन परिवर्तन गर्दा कांग्रेसप्रति लगाएको आरोप ढाकछोप गर्ने बहानामात्रै रहेको टिप्पणी गरे। निर्वाचनअघि गठबन्धन गरेकाले इमान्दारीपूर्वक कांग्रेसले साथ दिइरहेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई भत्काएपछि विभिन्न ढोका खुल्ला भएको उनको भनाइ छ।

उनले नेपालमा निर्वाचनअघि हुने गठबन्धनलाई संवैधानिक, राजनीतिक सवै तवरबाट सधैका लागि बन्द गर्नुपर्ने धारणा राखे।

प्रकाशित: २४ फागुन २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =