बझाङको भूकम्प प्रभावित क्षेत्रमा रबि लामिछाने

हिमाल प्रेस १७ असोज २०८० १८:११
32
SHARES
बझाङको भूकम्प प्रभावित क्षेत्रमा रबि लामिछाने

काठमाडौँ- मंगलबार बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

बझाङ, बाजुरामा केही मान्छे घाइते भएका छन्। साथै सर्वसाधारण घरबाहिर बसिरहेका छन्। बझाङ, बाजुरा, दार्चुला, बैतडीलगायत पहाडी जिल्लामा विद्यालय भवनसहित भौतिक संरचनामा क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकार तथा संघीय सरकार क्षतिको विवरण तथा राहतबारे बुधबार साँझसम्म पनि केही बाेलेका छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन्। उनले बुधबार साँझ भूकम्प प्रभावित बझाङ पुगेको र आज राति नै चैनपुर पुग्ने बताएका छन्।

‘राहत उद्धारमा सरकारलाई झकझक्याउने छौँ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, ‘सकेको पहल गर्नेछौँ।’ उनले रास्वपा बझाङका कार्यकर्ताले मंगलबारदेखि नै सकेको सहयोगमा जुटेको पनि उल्लेख गरेका छन्। मंगलबार दिउँसो गएको ६.३ रेक्टर स्केलको शक्तिकाली भूकम्पपछि बझाङमा सर्वसाधारणले त्राससहित घरबाहिर बस्नुपरेको छ।

प्रकाशित: १७ असोज २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast