बझाङ भूकम्प : बैतडीमा पनि भौतिक संरचनामा क्षति

हिमाल प्रेस १६ असोज २०८० १६:४४
80
SHARES
बझाङ भूकम्प : बैतडीमा पनि भौतिक संरचनामा क्षति तस्बिर : देवथला मावि

काठमाडौँ- बझाङ केन्द्र भएर लगातार भूकम्प गएपछि बझाङ, बैतडीलगायत जिल्लामा केही संरचनामा क्षति पुगेको छ। बझाङको चैनपुर केन्द्र भएर दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प जाँदा विभिन्न भौतिक संरचनामा क्षति पुगेको हो।

बझाङको सैपाल एफएमका अनुसार बझाङमा भूकम्पका कारण विभिन्न ठाउँमा राजमार्ग भत्किएका छन्। जयपृथ्वी नगरपालिका–४ गोलाईको बालविकास माविको भवन भत्किएको सैपाल एफएमले उल्लेख गरेको छ।

त्यस्तै बैतडीको पञ्चेश्वर–२ स्थित देवथला माविको भवनमा क्षति पुगेको छ। पञ्चेश्वर–४ को रायपुर आधारभूत विद्यालयको एउटा भवनमा समेत सामान्य क्षति पुगेको छ।

बझाङ भूकम्प अपडेट : विद्यालय ध्वस्त, विद्यार्थी घाइते [तस्बिरहरू]

बझाङ केन्द्र भएर लगातार भूकम्प

बझाङ केन्द्र भएर ५.३ म्यान्निच्युडको भूकम्प

प्रकाशित: १६ असोज २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =