छात्रवृत्तिमा काठमाडौँ पढ्ने विद्यार्थीले यसरी भर्न सकिन्छ अनलाइन फारम

हिमाल प्रेस २८ असार २०८० ८:३४ | Thursday, July 13, 2023
छात्रवृत्तिमा काठमाडौँ पढ्ने विद्यार्थीले यसरी भर्न सकिन्छ अनलाइन फारम

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिमा कक्षा ११ पढ्न चाहने विद्यार्थीहरूका लागि अनलाइन फारमबाटै भर्ना गर्न सकिने व्यवस्था गरेको छ।

महानगरपालिकाले बिहीबार एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

देशका विभिन्न स्थानबाट काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयमा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीहरूले अनलाइनबाटै फारम भरी सुविधा लिन महानगरपालिकाले आग्रह गरेको छ।

उत्कृष्ट नतिजा ल्याई एसईई उत्तीर्ण विद्यार्थीहरूले असार २८ देखि साउन १२ गतेभित्र फारम भरिसक्नुपर्ने महानगरले जनाएको छ।

यसअघि छात्रवृत्ति सुविधा नरहेका काठमाडौँका संस्थागत (निजी) विद्यालयहरूले महानगरको निर्देशनपछि छात्रवृत्ति दिने निर्णय गरेका छन्।

यस्ता विद्यालयले छात्रवृत्ति दिएसँगै विपन्न साथै उत्कृष्ट नतिजा ल्याउने १३ हजार बढी विद्यार्थीहरूले सहुलियतमा काठमाडौँ पढ्न पाउने भएका छन्।

प्रकाशित: २८ असार २०८० ८:३४ | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast