जाडो मौसम सुरु भएसँगै वायु प्रदुषण बढ्ने जोखिम

हिमाल प्रेस १९ कार्तिक २०८३ ९:१४ | Thursday, November 5, 2026
जाडो मौसम सुरु भएसँगै वायु प्रदुषण बढ्ने जोखिम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदुषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणबाट उत्पन्न हुने धुलोका कण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरेको हो।

खराब वायु प्रदुषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लेखित कार्य नगर्न प्रमुख राईले सम्बन्ध भएका सबैलाई आग्रह गरे।

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउने, नियमित रुपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदुषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदुषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ।

प्रकाशित: १९ कार्तिक २०८३ ९:१४ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast