३२९.०५ ग्राम लागुऔषध खैरो हिरोइन र नगद सहित ४ जना पक्राउ

हिमाल प्रेस १९ साउन २०८३ १०:३१ | Tuesday, August 4, 2026
8
SHARES
३२९.०५ ग्राम लागुऔषध खैरो हिरोइन र नगद सहित ४ जना पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका १ नागपोखरीको प्रभात तिवारीको घरमा लागुऔषधको कारोबार गरिरहेका ४ पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १ नागपोखरीका ४३ वर्षीयका प्रभात तिवारी, ललितपुर महानगरपालिका ४ का ५१ वर्षीय सलिन श्रेष्ठ, काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ५१ वर्षीय भुपेन्द्र श्रेष्ठ र सर्लाही, बरहथवा नगरपालिका ६ घर भइ हाल जिल्ला काठमाडौं, काठमाडौँ महानगरपालिका १२ बस्ने वर्ष ४० को सुजन रायमाझी रहेका छन्।

काठमाडौँ महानगरपालिकाको प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले तिवारीको घरको कोठा र बा ७ च ५१८० नम्बरको सवारीसाधन चेकजाँच  लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२९.०५ ग्राम, २२१ क्याप्सुल ट्रामाडोल, १०० ट्याबलेट नाइट्राजेपाम, नगद  १ लाख ९८ हजार ३२५ रुपैयाँ, ल्यापटप थान ३, तराजु थान १, सन्चार सेट थान १, एलमुनियम पेपर रोल थान १ र मोबाइल थान ४ फेला पारी नियन्त्रणमा लिएको हो।

प्रकाशित: १९ साउन २०८३ १०:३१ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast