वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई पक्राउ

हिमाल प्रेस २० साउन २०८३ ६:५७ | Wednesday, August 5, 2026
8
SHARES
वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई पक्राउ

काठमाडौँ- काठमाडौँ महानगरपालिका ३१ शंखमूलबाट वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेको नेपाल प्रहरीको समाचार शाखाले जनाएको छ।

उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु। ७ लाख ठगी गरेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने ४४ वर्षीय नवराज भट्ट पनि पक्राउ परेका छन् । उनले एक जनालाई क्रोसिया पठाइदिने भन्दै ८ लाख ५० हजार ठगी गरेका थिए । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रकाशित: २० साउन २०८३ ६:५७ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast