कक्षा ११ को छात्रवृत्ति कोटाका लागि काठमाडौँ महानगरले तोक्यो परीक्षा मिति

हिमाल प्रेस २३ असार २०८० ८:२३ | Saturday, July 8, 2023
कक्षा ११ को छात्रवृत्ति कोटाका लागि काठमाडौँ महानगरले तोक्यो परीक्षा मिति काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिमा काठमाडौँका विद्यालयमा कक्षा ११ मा पढ्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको तयारी गरेको छ।

महानगरपालिकाभित्र सञ्चालित निजी शिक्षण संस्थामा शैक्षिक सत्र ०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए।

महानगरपालिकाले काठमाडौँका संस्थागत विद्यालयहरूले पनि अनिवार्य छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएसँगै विपन्न तथा जेहेन्दार विद्यार्थीले काठमाडौँका विद्यालयमा पढ्ने अवसर पाउने भएका हुन्।

महानगरपालिकाले छात्रवृत्तिका लागि निर्देशन दिएसँगै १३ हजारभन्दा बढी विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्ने बाटो खुलेको हो।

प्रकाशित: २३ असार २०८० ८:२३ | Saturday, July 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast