गोरखाका युवक र तनहुँकी युवती होटलमा झुन्डिएको अवस्थामा मृत फेला

हिमाल प्रेस २९ जेठ २०८० २०:०२ | Monday, June 12, 2023
गोरखाका युवक र तनहुँकी युवती होटलमा झुन्डिएको अवस्थामा मृत फेला प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– काठमाडौंको गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्। टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका प्रवक्ता रिजालले बताए।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८० २०:०२ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast