तनहुँमा बस दुर्घटना, २७ जना घाइते

हिमाल प्रेस १ जेठ २०८० ९:५२ | Monday, May 15, 2023
तनहुँमा बस दुर्घटना, २७ जना घाइते

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५, सिर्दीमा आज (सोमबार) बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ।

घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

प्रकाशित: १ जेठ २०८० ९:५२ | Monday, May 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast