सांगीतिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा १५ जना घाइते

हिमाल प्रेस १ वैशाख २०८० २२:४२ | Friday, April 14, 2023
सांगीतिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा १५ जना घाइते

इलाम- इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा शुक्रबार भएको भागदौडमा कम्तीमा १५ जना घाइते भएका छन्। नयाँ वर्षका दिन गायक प्रमोद खरेलले सांस्कृतिक प्रस्तुति दिइरहेका बेला भागदौड भएको थियो।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई उपचारार्थ झापा लगिएको छ। अन्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको छ।

बाहिरपट्टिको बार भत्किएर भागदौड भएको इलाम प्रहरीले जनाएको छ। दर्शकको खचाखच भएका कारण स्थिति असामान्य हुन गएको हो।

प्रकाशित: १ वैशाख २०८० २२:४२ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast