अलैँचीको थुप्रो
काठमाडौँ- अलैंचीको मूल्य प्रतिमन एक लाख रुपियाँ पुुगेको छ । इलामको नयाँ बजारमा आज प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको नयाँ बजारस्थित व्यापारी सिटी शेर्पाले बताए ।
अहिले मुख्य सिजनमा पहिलो पटक अलैंचीको एक लाख रुपियाँमा कारोबार भएको व्यापारी शेर्पाले बताए ।
यसवर्ष इलाममा अलैंचीको उत्पादन पनि निकै राम्रो भएको किसानहरु बताउँछन् ।
इलाममा यस वर्ष किसानहरुले कम्तिमा एक मनदेखि ५० मनसम्म अलैंची भित्र्याएको व्यापारीहरुको अनुमान छ ।
गएको २०८२–८३ वर्षमा अहिले सम्मकै उच्च मूल्य अर्थात १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार मुुल्य बराबरको अलैंची निर्यात भएको थियो । गएको वर्ष झापाको काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलो अलैंची निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित: ९ कार्तिक २०८३ १९:१४ | Monday, October 26, 2026
प्रतिक्रिया



