सार्वजनिक स्थानमा फोहोर फाल्ने २ जनालाई काठमाडौँ महानगरले तिरायो १२ हजार जरिवाना

हिमाल प्रेस ९ चैत २०७९ १७:५६ | Thursday, March 23, 2023
सार्वजनिक स्थानमा फोहोर फाल्ने २ जनालाई काठमाडौँ महानगरले तिरायो १२ हजार जरिवाना काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ। महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो।

मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ। काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो। महानगरपालिकाअन्तर्गतको नगर कार्यपालिका कार्यालयले उनलाई १० हजार जरिवाना गरेको हो।

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ। पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादित फोहोर राखेका थिए। सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो। त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो।

प्रकाशित: ९ चैत २०७९ १७:५६ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast