काठमाडौँमा ‘सडकबन्दी’

हिमाल प्रेस ११ असोज २०८३ ९:०९ | Sunday, September 27, 2026
काठमाडौँमा ‘सडकबन्दी’ फाइल तस्बिर

काठमाडौँ- अविरल वर्षाका कारण काठमाडौँ आवतजावत गर्ने सबै बन्द भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ आउने सबै सडकमा पहिरोका कारण अवरुद्ध छन्। पृथ्वी राजमार्गमा पहिरोका कारण रातिबाटै अवरुद्ध छ। कृष्णभीरमा अवरुद्ध खुले पनि फेरि पहिरो गएको छ। सोही कारण पृथ्वी राजमार्ग ठप्प बनेको प्रहरीले जनाएको छ।

काठमाडौँलाई पूर्वबाट जोड्ने बीपी राजमार्गको पनि काभ्रेको रोशी गाउँपालिका स्थित चारसयवेशी र गिम्दीवेशीमा माथिबाट पहिरो जाँदा सडक दुवै तर्फ पूर्ण अवरुद्ध बनेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली क्षेत्रमा बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसबाहेक हेटौँडाबाट चितवन निस्कने सबै सडक अवरुद्ध छन्। अरनिको राजमार्गको काभ्रेको धुलिखेल पकुचामा पहिरो जाँदा बाटो दुवै तर्फ अवरुद्ध भएको छ।

कान्ति लोकपथको ललितपुरको बागमती गाउँपालिका स्थित टाकुर्चे र पाङदुरडोलमा लेदो र भिरबाट ढुङ्गा खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा ठप्प छ। यसबाहेकका सडक पनि ठप्प बन्दा काठमाडौँमा नाकाबन्दी रहेको प्रहरीले जनाएको छ। काठमाडौँसहित पश्चिमी क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जसका कारण ठाउँठाउँमा पहिरो गएको छ भने बस्तीहरू डुबानमा परेका छन्।

प्रकाशित: ११ असोज २०८३ ९:०९ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast