बुटवललाई विभेद मुक्त नगर बनाउछौँ : नगरप्रमुख पाण्डेय

हिमाल प्रेस ७ चैत २०७९ २०:३४
26
SHARES
बुटवललाई विभेद मुक्त नगर बनाउछौँ : नगरप्रमुख पाण्डेय

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले ५८औँ अन्तर्राष्ट्रिय रंगभेद तथा जातीय उन्मूलन दिवस (२१ मार्च) को अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ। जनप्रतिनिधि, दलित अधिकारकर्मी एंव सरोकारवाला व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जातीय छुवाछुतसहित सबै प्रकारका भेदभाव अन्त्य गरी नमूना नगर बनाउने बताए।

उनले सरकारको तर्फबाट उपमहानगर नै आफै आयोजक भएर जातीय भेदभाव र उत्पीडनका विषयमा अन्तरक्रिया गरेर विभेदरहित नगर बनाउने अभियानको शुरुवात गरेको बताए। जातीय विभेद उन्मूलन दिवसलाई उपमहानगरले वार्षिक कार्यतालिकामा राख्ने समेत नगरप्रमुख पाण्डेयले बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान सांसद एंव पूर्वराज्यमन्त्री रिना नेपाल विक, निवर्तमान सांसद दीपा विश्वकर्माले जातीय भेदभाव समाजमा अझै पनि रहेकाले यसको अन्त्यका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवत्ता गोमती सुनार (दीपा) ले समुदाय तहमा अझै पनि जातीय भेदभाव अन्त्य हुन नसकेको बताइन्। भेदभाव अन्त्यका लागि राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको भन्दै कानुन कार्यान्वयनका लागि सरकार गम्भीर बन्नुपर्ने उनले औंल्याइन्।

कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य यमबहादुर सुनारले दलित समुदायको पक्षमा आफुहरूले सक्दो काम गर्ने बताए। समुदायलाई सचेत गराउने अभियानस्वरूप २१ मार्चको अवसरमा कार्यक्रम गरिएको उनले बताए।

कार्यक्रममा दलितवर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रवि सेन्चुरी, जसपाका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख भरतबहादुर विश्वकर्मा, संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्मालगायतको उपस्थिति थियो।

प्रकाशित: ७ चैत २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =