शिक्षकलाई किताबखानाको यस्तो पत्र

हिमाल प्रेस ४ साउन २०८३ १२:१० | Monday, July 20, 2026
14
SHARES
शिक्षकलाई किताबखानाको यस्तो पत्र

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूलाई आफ्नो जन्ममिति यकिन गर्न आग्रह गरेको छ।

किताबखानाले सूचना जारी गर्दै शिक्षकहरूको सिटरोल, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा एसएलसी/एसईईको मूल प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति फरकफरक पाइएकाले त्यसलाई सच्याउन निर्देशन दिएको हो।

सूचनाअनुसार सिटरोलमा उल्लेख भएको जन्ममितिका आधारमा अवकाश उमेर यकिन गरी अनुमानित अवकाश हुने सूची प्रकाशित गर्ने क्रममा विभिन्न प्रमाणपत्रमा जन्ममिति नमिलेको देखिएको जनाएको छ। यसले अवकाश मिति निर्धारण र सेवा अवधि गणनामा समेत फरक पर्न सक्ने किताबखानाको भनाइ छ।

किताबखानाले सबै स्थायी शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) बाट जारी भएको एसएलसी/एसईईको मूल प्रमाणपत्रका आधारमा आफ्नो जन्ममिति यकिन गर्न आग्रह गरेको छ।

यदि विभिन्न प्रमाणपत्रमा जन्ममिति फरकफरक भएमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार जुन जन्ममितिका आधारमा पहिले अवकाश हुने हो सो सम्बन्धी जानकारी तत्काल सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय किताबखानामा पठाउन पनि भनिएको छ।

अवकाश पाउने मितिभन्दा कम्तीमा ९ महिना अगावै आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।

राष्ट्रिय किताबखानाले जन्ममिति फरक भएका कारण सेवा अवधि वा अवकाश उमेर गणनामा हुने असरको जिम्मेवारी सम्बन्धित शिक्षक स्वयंले वहन गर्नुपर्ने व्यहोरा समेत सूचनामार्फत बताएको छ।

प्रकाशित: ४ साउन २०८३ १२:१० | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast